सामूदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कनुमा दोषी को ?
सामूदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कनुमा दोषी को ? नेपालमा शिक्षालाई ‘अधिकार’ र ‘अवसर’ को रूपमा हेरिँदै आएको छ तर शिक्षाको सर्वसुलभता कायम गर्दै गर्दा गुणस्तर भने सधैं उपेक्षित हुँदै आएको छ । विशेषतः सामूदायिक विद्यालयको सन्दर्भमा धेरैजसो ग्रामीण र मध्यमवर्गीय वर्गका बालबालिका सामूदायिक विद्यालयमै आश्रित छन्। तर, यिनै विद्यालयको शैक्षिक अवस्था दिनप्रतिदिन खस्कँदै गएको देखिन्छ। यस्तो विडम्बनात्मक परिस्थितिमा प्रश्न उठ्छ कि सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कनुमा दोषी को हो ? सत्य के हो भने दोष केवल शिक्षक, प्रधानाध्यापक वा सरकारमध्ये एक पक्षमा मात्र सीमित छैन। शिक्षाको गुणस्तर खस्कनुमा अनेक पक्षको संयोजनात्मक चूक र गैरजिम्मेवारीपन समावेश छन्। यहाँ तिनै पक्षहरूको जिम्मेवारी र कमजोरीको गहिरो विश्लेषणात्मक रुपमा मेरो स्पष्ट धारणा प्रस्तुत गरेको छु । १. शिक्षक: उत्तरदायित्वको गम्भीर अभाव शिक्षक शिक्षाको मेरुदण्ड हुन् भन्ने भनाइ व्यावहारिक रूपमा कहाँ छ भन्ने प्रश्न गर्नुपर्ने बेला आएको छ। आज अधिकांश सामूदायिक विद्यालयका शिक्षकहर...